बस चलाउन स्थानीय आफैं अग्रसर भए सडक मर्मत गर्न (तस्बिरहरू)

बस चलाउन स्थानीय आफैं अग्रसर भए सडक मर्मत गर्न (तस्बिरहरू)

  • बिहिबार, मंसिर २५, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

२४ मंसिर, काठमाडाैं । रामेछापका किसान बस चलाउन सडक मर्मत सम्भारमा आफैं सक्रिय भएका छन् । दाेरम्बा शैलुङ गाउँपालिका वडा नं.७ पुँडी गैरी गाउँका स्थानीय किसानहरू सडक मर्मतमा लागेका हुन् । बुधबार उनीहरूले झण्डै २ किमि बाटाे सफा गरेका छन् ।

उनीहरूले अप्ठ्याराे ठाउँमा वाल उठाउने, पानी काटाउने, साेलिङ गर्ने, हिलाे फाल्ने तथा साइड दिने व्यवस्थाका लागि ठाउँ बनाउने लगायत काम गरेका छन् । प्रत्येक घरबाट एक/एक जना महिला वा पुरूषसहितका टाेलीले सडकमा खटिएका छन् । पालिकाले बजेट आवश्यक मात्रामा नछुट्याउँदा सडक स्तराेन्नतिकने अभावमा स्थानीय सार्वजनिक बस सेवा पाउन मुश्किल पर्दै आइरहेका छन् । याे गाउँ सुन्तला पकेट भएकाले बजारिकरणका लागि सार्वजनिक बस सेवाले महत्वपूर्ण याेगदान प्रदान गर्ने उनीहरूले बताए ।

सबैजना जुटेर काम गर्दा जस्ताेसुकै समस्या पनि हल हुने र काम बन्ने  उनीहरूले बताए । साझा काममा यहाँका मानिसहरू एकजुट हुने व्यवहार संस्कृित नै बनेकाे उनीहरूकाे भनाइ छ । विकास निर्माणका काममा उनी एकजुट हुन्छन् ।

यहाँका सडकबाट पूर्व अरनिकाे यातायात समितिकाे काेशिपारि यातायात अन्तर्गत काठमाडाैं-डाेब्ला लाइटर गन्तव्यकाे यात्रुवाहक बस चल्ने गर्दछ । सानाे शैलुङ मन्दिर पनि यसै सडकबाट पुग्दछ । सानाे शैलुङ धार्मिक पर्यटकीय गन्तव्य हाे । भदाैमै वडाले सडक मर्मत सकेपनि असाेज १६-१८ मा परेकाे भारी वर्षातले सडक बिग्रिएकाे थियाे ।

गाडी चल्न गाह्राे भएपछि वडा, पालिकाकाे मुख नताकी आफूहरू मर्मत सफाइमा उत्रिएकाे बताए । अन्यत्र गाउँका युवाहरू राेजगार वा अध्यायनका लागि विदेशिए पनि याे गाउँका युवाहरू अधिकांश गाउँमै भेटिन्छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ