तराईमा हिउँदे मकै बालीप्रति आकर्षण बढ्दाे, धान उठाएपछिका खेत बन्याे हरियाली

तराईमा हिउँदे मकै बालीप्रति आकर्षण बढ्दाे, धान उठाएपछिका खेत बन्याे हरियाली

  • बुधबार, मंसिर २४, २०८२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

२४ मंसिर, राैतहट । तराईका किसानमा हिउँदे मकै बालीप्रति आकर्षण बढ्दै गएकाे छ । पछिल्लाे ४/५ वर्षदेखि मधेस प्रदेश र भित्री मधेसका  जिल्लाका अधिकांश किसान धान भित्र्याएपछि तत्काल हिउँदे मकै बाली लगाउन उत्साहित भएका छन् । बर्खे धान उठमएर गत कार्तिक शुरूदेखि दाेस्राे हप्तासम्ममा मकै लगाइसकेका छन् । अगाडि लगाएका किसानका खेतमा मकै जुंगा फुल्ने अपस्थाका भएका छन् । ढिला छरिएका ठाउँमा भने एक/दुई बित्ताका भएकाे देख्न सकिन्छ ।

यसअघि बर्खे धानपछि धेरैले ताेरी, गहुँ लगाउँथे, तर विकासे (हाइब्रिड) मकै आउन थालेपछि भने सबैजसाेकाे ध्यान माकैले तानेकाे छ । तराईका फाँट हरियाली बनेकाे छ ।

राैतहटकाे गुजरा नगरपालिका-५ का पानु चाैधरी मकैले आम्दानी दिएपछि धेरै किसान मकै बालीतर्फ लागेकाे बताए । याे ठाउँका किसानले आफूलाई तेल खान पुग्नेसम्मनका मात्र ताेरी छरेर सबैले मकै नै लगाएकाे बताए । ताेरी माैसमले साथ नदिए घाटामा जाने अवस्थाले मकै खेती नै सबैकाे राेजाइमा परेकाे उनले बताए । मकैलाई चाहिने पानी भूमिगत जलबाट सजिलै उपलब्ध हुने हुँदा सहज बनेकाे छ । पहेँलै ताेरी फुल्नुपर्ने खेत यतिखेर मकै बाेटले सारा हरियाली बनेकाे छ (हेर्नुस् तस्बिर) ।

मकै पाकेपछि व्यापारी खेतमै ठेक्का हान्न आपुग्छन् । ठेसरमा घाेका हालेर तुरून्त दाना बन्ने प्रविधिकाे सुविधाले गर्दा पनि मकै बालीप्रति किसानमा आकर्षण बढेकाे हाे । ऊखु लगाउँदा चिनी मिलवालाले पैसा नदिएर सताएपछि मकै बालीतर्फ धेरै लागेका हुन् ।

मकै पाकेर खाेस्टा सुकेपनि बाेट हरियाे नै रहने हुँदा त्याे पनि ‘हे’ घाँस बनाउन ठेक्कामा बिक्री हुने गरेकाे किसानहरू बताउँछन् । घाेकाका दाना अलग्याइएपछि निस्कने खाेस्टा गाई फर्महरूले खेतबाटै किनेर लैजान्छन् । खाेया पनि बिक्री हुने उनीहरूले बताए । मकै पूर्णरूपमा पाक्नु अघिपनि बिक्री हुन्छ ।

मकै चैतकाे मध्यतिर पाकिसक्ने र त्यसपछि चैते धान लगाउने र त्याे उठाएपछि असारमा बर्खे धान लगाउन भ्याउने कृषककाे भनाइ छ । मकै र ताेरीलाई चाहिने पानी आकाशबाट पूरा नभए पम्पसेटले पूरा गर्न सकिने उनीहरूले बताए । पम्पसेट  राख्न विभिन्न तहका सरकारले पूर्ण र केही प्रतिशत अनुदान दिँदै आइरहेकाे उनीहरूले बताए । तराईमा मकै लगाउने बढेसँगै पाेहाेरभन्दा यसपालि ताेरीकाे तेल महंगाे हुने अनुमान पनि उनीहरूकाे छ ।

बाराकाे निजगढ, खाेल्फी, तामागढी लगायत क्षेत्रमा व्यापक मात्रामा मकै लगाइएकाे छ । अन्य जिल्लामा पनि मकै लगाउने किसान अधिक भएका जिल्ला कृषि ज्ञान केन्द्रहरूले जनाएका छन् ।

राम्राे आम्दानी दिएपनि जंगल छेउका मकै बाली बाँदरबाट जाेगाउन भने कृषकलाई मुश्किल छ । अहिले ताेरी पनि बाँदरले व्यापक खाना थालेकाे बताए । मकै हात्ती भन्दा बाँदरबाट जाेगाउन कठिन भएकाे बताए । नियन्त्रणका लागि राज्यले ठाेस कार्यक्रम ल्याउनुपर्ने ओैल्याए । पहाडका मात्र नभई तराईका किसान बाँदर आतंकबाट धेरै पीडित छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ