विराटनगर किंग्सकाे ब्याटिङ काेल्याप्स हुँदा सुदूरपश्चिम राेयल्स भारी रनले विजयी

विराटनगर किंग्सकाे ब्याटिङ काेल्याप्स हुँदा सुदूरपश्चिम राेयल्स भारी रनले विजयी

  • मङ्लबार, मंसिर २३, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

१९ मंसिर, काठमाडौं । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा जारी राष्ट्रिय प्रिमियर लिग (एनपीएल) दाेस्राे संस्करणअन्तर्गत आजकाे पहिलाे खेलमा सुदूरपश्चिम राेयल्सले विराटनगरमाथि भारी रनकाे जित निकालेकाे छ ।

खेलमा सुदूरपश्चिमले दिएकाे १५६ रनकाे लक्ष्य पछ्याएकाे विराटनगर निर्धारित ३० ओभरमा १४.१ ओेभरमा जम्मा ७८ रन जाेडेर सबै विकेट गुमाएर अलआउट हुन पुग्याे र ७७ रनले पराजित भयाे ।

टस जितेर बलिङ राेजेकाे विराटनगरलाई सुदूरपश्चिमले पहिलाे ब्याटिङबाट ७ विकेट गुमाएर १५५ रन जाेडेर १५६ रनकाे ओैसतमा चुनाैति पेश गरेकाे थियाे ।

दुवै टाेलीलाई कडा प्रतिस्पर्धी ठानिएका बेला विराटनगर क्वालिफायर चरणमा निकै कमजाेर सावित हुन पुगेकाे छ । सुदूरपश्चिममा दीपेन्द्र सिंह ऐरी र विराटनगरमा सन्दीप लामिछाने कप्तान छन् । खेल अवधिमा एक एक खेल हारेर क्वालिफायर पुगेका दुवै टाेलीबीच आजकाे खेल हेर्न रंगशाला खचाखच बनेका बेला विराटनगर समर्थकलाई खेलकाे चमकता प्रदर्शन गर्न चुक्याे ।

अझ भनाैं, ब्याटिङ काेल्याप्स भयाे । याे सिजनकै सबैभन्दा कमजाेर बनाउने लिष्टमा पर्याे विराटनगर । जितसँगै सुदूरपश्चिम फाइनल प्रवेश गरेकाे छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी