एनपिएल क्रिकेट : विराटनगरले पायो एक सय ५६ रनको लक्ष्य

एनपिएल क्रिकेट : विराटनगरले पायो एक सय ५६ रनको लक्ष्य

  • मङ्लबार, मंसिर २३, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.5K
    SHARES

काठमाडौँ, २३ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्सलाई जितको लागि एक सय ५६ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूर पश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ५५ रनको योगफल बनायो ।

सुदूरपश्चिमको लागि विनोद भण्डारीले सर्वाधिक ६३ रनको योगदान दिए । उनले ५२ बलमा तीन चौका र दुई छक्काको मद्दतमा ६३ रन बनाएका हुन् । त्यस्तै आसिफ शेख र शेरडोन ज्याकसनले समान २०/२० रन जोडे । त्यसैगरी हरमित सिङले १४ रन बनाए भने इसान पाण्डेले १३ रन जोडे ।

यता बलिङ तर्फका विराटनगरका प्रतिश जिसी र मार्सेन्ट दिलाङले समान दुई दुई विकेट लिए भने सूर्य तामाङ र साम हेजलेटले समान एक एक विकेट लिए । यस खेल जित्ने टोली यही मङ्सिर २७ गते हुने फाइनल खेलमा प्रवेश गर्नेछ ।

त्यस्तै पराजित हुने टोलीले भने इलिमिनेटर खेल्ने मौका पाउनेछ । विराटनगर अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी