‘टीओबी’का तेन्जीन दावा लामासँग पाँच लाख धरौटी माग

‘टीओबी’का तेन्जीन दावा लामासँग पाँच लाख धरौटी माग

  • मङ्लबार, मंसिर २३, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.1K
    SHARES

मंसिर २३, काठमाडौँ । काठमाडौं जिल्ला अदालतले तिब्बतीयन ओरिजिनल ब्लड (टीओबी)का तेन्जीन दावा लामालाई धरौटीमा छाड्न आदेश गरेको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले दुई वटै कसुरमा धरौटीमा छाड्न आदेश दिएको हो । उनीविरूद्ध लिखतसम्बन्धी कसुर र लागुऔषधको कसुरमा मुद्दा दर्ता भएको थियो । अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार लिखतसम्बन्धी कसुरमा उनीसँग पाँच लाख रुपैया धरौटी माग भएको छ ।

त्यस्तै लागुऔषध सम्बन्धी कसुरमा भने २० हजार रुपैयाँ माग भएको थियो ।

जेन जी आन्दोलनपछि हतियार देखाउँदै गरेको भिडियो भाइरल हुन थालेपछि दावा स्वयम् प्रहरीको सम्पर्कमा पुगेका थिए ।
अभद्र व्यवहारको कसुरमा पक्राउ परेका उनीमाथि नागरिकता पनि अनुसन्धान गरेको थियो । तर उनको नागरिकतामै कैफियत देखिएपछि थप अनुसन्धान गरी नागरिकतासम्बन्धी कसुरमा समेत अनुसन्धान अघि बढाएको थियो । अनुसन्धान सकेर प्रहरीले केही दिनअघि मुद्दा सरकारी वकिलको कार्यालयमा बुझाएको थियो ।

सरकारी वकिलको कार्यालय काठमाडौंले मुद्दा अदालतमा दर्ता गरेको थियो । उक्त मुद्दाको थुनछेकपछि धरौटी आदेश भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ