सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीको प्रभाव देखिने अर्को रोमाञ्चक प्रतिस्पर्धामा आज सुदुर पश्चिम रोयल्स र बिराटनगर किंग्स भीड्दै

सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीको प्रभाव देखिने अर्को रोमाञ्चक प्रतिस्पर्धामा आज सुदुर पश्चिम रोयल्स र बिराटनगर किंग्स भीड्दै

  • मङ्लबार, मंसिर २३, २०८२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजदेखि प्लेअफका खेल सुरू हुँदैछन्।

मंगलबार अपरान्ह चार बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच पहिलो क्वालिफायर हुन लागेको हो। यो खेलको विजेता शनिबार हुने फाइनलमा पुग्नेछ।

सुदूरपश्चिम रोयल्स साविक उपविजेता हो। अघिल्लो सिजन सुदूरपश्चिम फाइनलमा पुगे पनि उपाधि भिडन्तमा जनकपुर बोल्ट्ससँग पराजित भएको थियो।

लिग चरणको शुरुका सबै खेल जिते पनि अन्तिम खेलमा भने सुदूरपश्चिमले पराजय भोगेको थियो। सुदूरपश्चिमलाई हराएको थियो, विराटनगर किंग्सले। त्यसैले लिग चरणको अन्तिम खेलको ‘रिम्याच’ को रूपमा मंगलबारको पहिलो क्वालिफायर खेल हुनेछ।

१४ ओभर नसकिदै लक्ष्य पूरा गर्न पर्ने अवस्थामा विराटनगरले सुदूरपश्चिमले दिएको १४८ रनको लक्ष्य ११.५ ओभरमै पूरा गरिदिएको थियो। खेलमा विराटनगरका दक्षिण अफ्रिकी ब्याटर फा डु प्लेसिसले १९ बलमै अर्धशतक पूरा गर्दा साम हिजलेटमा पनि अर्धशतक प्रहार गरेका थिए।

यो प्रतिस्पर्धा राष्ट्रिय टिमका चर्चित अन्तराष्ट्रिय खेलाडी सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीको कप्तानी क्षमता, खेल देखाउने अवसरको रुपमा पनि हेरिएको छ । दीपेन्द्र सिंह ऐरी अलराउण्डर हुन भने सन्दीप लामिछाने खतरनाक बलर मानिन्छन् । आजको खेलमा दुबैको अग्नी परिक्षा समेत हुनेछ ।

सुदूरपश्चिमका अस्ट्रेलियन ब्याटरद्वय क्रिस लिन र जोश ब्राउन भने टोलीमा उपलब्ध हुनेछैनन्। घाइते भएका लिन र बिग ब्यास टोलीमा आबद्ध ब्राउन स्वदेश फर्किएका छन्। उनीहरूको स्थानमा भारतका विकेटकिपर ब्याटर सेलडन ज्याकसन र पाकिस्तानी ब्याटर मख्तर मानिया भित्र्याइएको छ।

सुदूरपश्चिममा शीर्ष क्रममा विनोद भण्डारीसँगै नयाँ आबद्ध भएका ब्याटरले खेल्न सक्छन्। त्यस्तै इशान पाण्डे र आरिफ शेखले मध्यक्रम सम्हाल्नेछन्। कप्तान दीपेन्द्रसिंह ऐरीसँगै हरमित सिंहको अलराउन्ड प्रदर्शनले सुदूरपश्चिमको गति अघि बढ्न सक्छ। यस्तै अभिनास बोहरा, हेमन्त धामी र स्कट कुगेलिइनले तीव्र गतिको बलिङको युनिट धान्नेछन्।

विराटनगरको शीर्ष क्रमको ब्याटिङमा डु प्लेसिससँगै मार्टिन गप्टिल, जर्ज मन्सी र लोकेश बम हुनेछन्। मध्यक्रममा बसिर अहमद र नारायण जोशी अलराउन्डरको भूमिकामा हुनेछन्। कप्तान सन्दीप लामिछानेलाई सुवास भण्डारी वा सूर्य तामाङले स्पिनमा साथ दिनेछन्। प्रतिश जिसी र मर्स्याङ डि लाङ तीव्र गतिको बलरको रुपमा रहनेछन्।

सुदूरपश्चिम र विराटनगरबीच मंगलबार हुने पहिलो क्वालिफायर खेलको विजेता फाइनल पुग्नेछ। पराजित हुने टोलीले बिहिबार हुने दोस्रो क्वालिफायरमा दोस्रो मौका पाउनेछ।

बुधबार काठमान्डु र लुम्बिनीबीच इलिमिनेटरको खेल हुनेछ। जित हात पार्ने टोली दोस्रो क्वालिफायरमा पुग्नेछ भने हार्ने टोली बाहिरिनेछ। बिहीबार दोस्रो क्वालिफायरको विजेता पनि शनिबार हुने फाइनलमा पुग्नेछ।

विराटनगर किंग्स
सन्दीप लामिछाने (कप्तान), बसिर अहमद, लोकेश बम ९विकेटकिपर०, सुवास भण्डारी, नरेन भट्ट, मार्स्याङ डी लाङ, फाप डु प्लेसिस, मार्टिन गप्टिल, प्रतीश जीसी, साम हेजलेट, नारायण जोशी, श्रावण किस्कु, जर्ज मुन्से, आयुष न्यौपाने, साहिल पटेल (विकेटकिपर), शङ्कर राना, सूर्य तामाङ।

सुदूरपश्चिम रोयल्स
दीपेन्द्रसिंह ऐरी (कप्तान), विनोद भण्डारी (विकेटकिपर), अभिनास बोहरा, दीपक बोहरा , मिलन बोहरा, हेमन्त धामी, हिम्मत महरा, ईशान पाण्डे, टेक रावत , नरेन साउद, आरिफ शेख र दीपेन्द्र थापा , हरमित सिंह, स्कट कुगेइलिन, सेलडन ज्याकसन, मख्तर मानिया, ध्रुव परासर ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी