संसद पुनस्थापनाको माग गर्दै काँग्रेस पनि पुग्यो सर्वोच्च

संसद पुनस्थापनाको माग गर्दै काँग्रेस पनि पुग्यो सर्वोच्च

  • आइतवार, मंसिर २१, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

काठमाडौं : नेपाली कांग्रेसले पनि प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ। विघटित प्रतिनिधिसभामा प्रमुख सचेतक श्यामकुमार घिमिरेका अनुसार वारेसमार्फत सर्वोच्च अदालतमा रिट निवेदन पेस गरिएको हो।

कांग्रेसका ७ जना सांसदको तर्फबाट पूर्वमहान्यायाधीवक्ता खम्म खातीले रिट निवेदन पेस गरेका हुन्। निवेदकमा प्रमुख सचेतक घिमिरेसहित, सचेतक सुशीला थिङ, सांसदहरू दीपक खड्का, नागिना यादव, शान्ति विक र जाबेदा खातुन जागा छन्। ुहामीले वारेसमार्फत प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित रिट निवेदन सर्वोच्च अदालतमा पेस गराएका छौं,ु अन्नपूर्णसँग उनले भने।

यसअघि नेकपमा एमालेले पनि प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएको थियो। गत शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको थियो।

सोही भेटपछि कांग्रेसले पनि संसद पुनर्स्थापनाको माग लिएर सर्वोच्च जाने निष्कर्षमा पुगेको स्रोतले जानकारी दिएको छ। कांग्रेस नेताहरूले भने सरकारले तोकेको फागुन २१ को निर्वाचनमा जान तयार रहेको बताउँदै आएको छ। कांग्रेसले पुस २६ गतेदेखि पार्टीको १५औं महाधिवेशन गर्ने कार्यतालिका पनि सार्वजनिक गरिसकेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ