एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो

एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो

  • आइतवार, मंसिर २१, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

काठमाडौँ, २१ मङ्सिरः राजधानीमा जारी एनपिएलमा अर्धशतकको सङ्ख्या ३५ पुगेको छ । आज जनकपुर बोल्ट्सका सञ्जय कृष्णमूर्तिले ५० रन पूरा गरेसँगै अर्धशतकको सङ्ख्या ३५ पुगेको हो । उनले आज कर्णाली याक्सका विरुद्ध ३७ बलमा एक चौका चार छक्काको मद्दतमा अर्धशतक पूरा गरेका हुन् । उनको जारी सिजनमा दोस्रो अर्धशतकसमेत हो ।

यस सिजनमा ३५ अर्धशतक जोड्दा २९ खेलाडी सामेल छन् । यसअघि जारी सिजनमा चितवन राइनोजका रवि बोपराले तीन, पोखरा एभेन्जर्सका कुशल भुर्तेल, पोखराकै एडम रोसिङटनले र कर्णाली याक्सका प्रियान्क पन्चालले दुई÷दुई अर्धशतक हिर्काएका छन् ।

यस्तै सुदूरपश्चिम रोयल्सका विनोद भण्डारी, जोश ब्राउन, हरमित सिंह, क्रिश लिन ईशान पाण्डे, विराटनगर किंग्सका लोकेश बम, साम हिजलेट, फाफ डू प्लेसिस, मार्टिन गुप्टिल, बसिर अहमद, पोखराका सुमित बर्मा, जिमी निशम, रिसि धवन, चितवनका डेविड मलान र अर्जुन साउँद, काठमाडौँ गोर्खाजका भीम सार्की, जोन सिम्प्सन, बेन चाल्र्सवर्थ, कर्णालीका मार्क वाट, लुम्बिनीका डार्सी सर्ट, जनकपुर बोल्ट्सका वायन पार्नेल, माज सदाकत, अनिल शाह र आशिफ शेखले एक÷एक अर्धशतक हिर्काएका छन् ।

कर्णालीका मार्क वाट र पोखराका एडम रोसिङटनले मात्रै जारी प्रतियोगितामा शतक प्रहार गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी