मुल पार्टी छाडेर प्रगतीशील लोकतान्त्रिक पार्टी गठन गरेका जनार्दन शर्मालाई गृहजिल्लामै कालो झण्डा देखाईएको छ । आज गृह जिल्ला रूकुम पश्चिम पुगेका शर्मालाई नेपाली कम्युनिस्ट पार्टीनिकट केही युवाहरूले कालोझण्डा देखाएका हुन्।
माओवादी परित्याग गरेर प्रलोपा गठनपछि शर्मा पहिलो पटक आज गृहजिल्ला पुगेका थिए।
आज बिहान १० बजेतिर सल्लेस्थित विमानस्थलमा ओर्लिनासाथ तत्कालिन नेकपा माओवादी केन्द्रका आठबिसकोट नगरपालिका कमिटीका पूर्वअध्यक्ष मानबहादुर चदारा नेतृत्वको टोलीले शर्मालाई कालोझण्डा देखाएका हुन्।
कालो झन्डा देखाउँदै करिब २० जनाको संख्यामा पुगेका नेपाली कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताले जनार्दनविरूद्ध नाराबाजी गरेका थिए।
शर्माले जनता र सहिदलाई धोका दिएको भन्दै उनीहरुले नाराबाजी गरेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline