पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी–६ चालिसेमा सातवटा सवारीसाधन ठोक्किँदा दुईजनाको ज्यान गएको छ।
चारवटा बस, दुई ट्रक र एकवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक श्यामकुमार बस्नेतले जानकारी दिए।
प्रहरी निरीक्षक बस्नेतका अनुसार मृतकको सनाखत हुन बाँकी छ।
दुर्घटनामा परी ३३ जना घाइते भएका छन्। घाइतेहरूको धुनीबेँसीस्थित स्वास्थ्य संस्थामा उपचार भइरहेका छन् भने केहीलाई काठमाडौं रेफर गरिएको छ। गोरखाबाट काठमाडौं आउँदै गरेको बा१प ९१७ नम्बरको बस सोही दिशातर्फ जाँदै गरेको ग१ख ८५५१ नम्बरको बस र विपरीत दिशा ९काठमाडौंदेखि गजुरी० तर्फ जाँदै गरेको NL01AB4654 नम्बरको डिब्बा गाडी, GJ03AZ3231 नम्बरको इन्डियन बस, बाप्र०६–००१ ग ००११ नम्बरको बस, ना४ख ७१५ नम्बरको ट्रक, लु९५प ३०७ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खान गई सवारी दुर्घटना भएको हो।
भारतीय नम्बर प्लेटको ट्रकको ब्रेक फेल भएपछि अन्य सवारीहरूलाई ठक्कर दिँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिए।