यो सरकार चुनाव गराउने भन्दा पनि मलाई पक्रिन उद्धत छ : ओली

यो सरकार चुनाव गराउने भन्दा पनि मलाई पक्रिन उद्धत छ : ओली

  • शनिबार, मंसिर २०, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्तिपूर्ण, भयरहित र निष्पक्ष निर्वाचनको पर्खाइमा एमाले रहेको बताएका छन्। शनिबार एमाले मुख्यालय च्यासलमा एमालेको नवयुग ई(बुलेटिन शुभारम्भ कार्यक्रममा ओलीले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुने अवस्था नरहे पनि अब कुनै दिन हुने शान्तिपूर्ण निष्पक्ष निर्वाचनको पर्खाइमा एमाले रहेको बताए।

अब हुने निर्वाचनमा एमाले बहुमतका साथ फर्किने उनले बताए। ओलीले अब पुराना पार्टी सकिए भन्न नसोच्न सुझाव दिँदै निर्वाचनपछि पनि पुराना पार्टीकै नेतृत्वमा सरकार बन्ने तर्क गरे। ओलीले यसबीचमा एमाले समीकरण बदल्ने वा सरकार ढाल्ने खेलमा नरहेको स्पष्ट पारे। उनले एमालेविरुद्ध जस्तोसुकै हमला भए पनि त्यस्ता शक्तिलाई एमाले एक्लैले परास्त गर्ने जिकिर गरे।

अध्यक्ष ओलीले भदौ २३ र २४ को घटना पछि देश प्रतिगमततर्फ अघि बढेको भन्दै प्रतिगमन हटाएर देश र संविधानलाई मूल बाटोमा ल्याउनु आजको आवश्यकता रहेको बताए। अहिले विधि प्रक्रिया बिना नै कुर्सीमा बसेर आफूलाई सरकार घोषणा गरिएको ओलीले बताए।

उनले असंवैधानिक सरकारले असंवैधानिक तरिकाले विघटन गरेको प्रतिनिधि सभा पुनर्स्थापित गर्नुपर्ने दोहोर्‍याए। उनले सरकारले छानबिन गर्न भनि बनाएको आयोग अराएको काम गर्न बताएको तयारी संयन्त्र भएको बताए। प्रधानमन्त्रीको ध्यान आफूलाई पक्राउ गर्नेमा केन्द्रित भएको उल्लेख गर्दै ओलीले आफ्नाविरुद्ध प्रमाण तयार गर्न चुनौती दिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ