२० मंसिर, काठमाडौं । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा जारी राष्ट्रिय प्रिमियर लिग (एनपीएल) दाेस्राे संस्करणअन्तर्गत आजकाे दाेस्राे खेलमा पाेखरा एभेन्जर्सले चितवन राइनाेजलाई ८ विकेटले हराएकाे छ ।
जवाफी ब्याटिङ गरेकाे पाेखराले निर्धारित २० ओभरमा २ बल बाँकी छँदा अर्थात १९.४ ओभरमा जम्मा २ विकेटकाे क्षतिमा लक्ष्य भेट्टायाे । चितवनले ६ विकेट गुमाएर १२० रनकाे सामान्य लक्ष्य दिएकाे थियाे ।
पोखराका लागि ओपनर रोसिङटनले ४८ बल खेल्दै ४ चौका र ५ छक्का मद्दतमा सर्वाधिक ६५ रन जाेडेर महत्वपूर्ण याेगदान दिए । अर्जुन कुमालले अविजित ४३ रन योगदान गरे
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline