जेनजी आन्दोलनपछि पहिलो पटक देउवा र ओलीबीच भेटवार्ता

जेनजी आन्दोलनपछि पहिलो पटक देउवा र ओलीबीच भेटवार्ता

  • शुक्रबार, मंसिर १९, २०८२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

कामठाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न देउवा निवास महाराजगञ्ज पुगेका छन् । भदौ २३ र २४ गतेको जेनजी विद्रोहपछि पहिलो पटक दुई शीर्ष नेताबीच प्रत्यक्ष भेटवार्ता भएको हो ।

जेनजी आन्दोलनमा प्रधानमन्त्री रहेका ओली बालुवाटारबाट हेलिकप्टर चढेर सुरक्षित स्थानमा गएका थिए भने देउवामाथि घरमै सांघातिक आक्रमण भएको थियो ।

सो विद्रोहमा ७६ जनाको ज्यान गएको थियो । सो बखत दुई दल सत्ता साझेदार रहेका थिए ।

उनीहरुबिच पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भइरहेको नेताहरुको सचिवालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ