एनपिएलमा सुदुरपश्चिमको अपराजित यात्रा कायमै, क्जालिफायरमा छानियो

एनपिएलमा सुदुरपश्चिमको अपराजित यात्रा कायमै, क्जालिफायरमा छानियो

  • बिहिबार, मंसिर १८, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

१८ मंसिर, काठमाडौं । क्रिस लिनको पहिलो अर्धशतक र बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्चिमले चितवन राइनोजलाई ४९ रनले पराजित गर्दै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को क्वालिफायर वान खेल्ने पक्का गरेको छ ।

यो जीतसँगै सुदुर पश्चिमको अपराजीत यात्रा कायमै रहेको छ ।
लिग चरणमा लगातार ६ खेल जित्दै १२ अंक जोडेको अपराजित सुदूरपश्चिमले शीर्ष दुईमा रहने पक्का गरेपछि पहिलो क्वालिफायर खेल्ने भएको हो ।

चितवनको भने यो चौथो हार हो । ६ खेलबाट ४ अंक रहेको चितवन छैटौं स्थानमा छ र प्लेअफ पुग्ने होड कमजोर बनेको छ ।

सुदूरपश्चिमसँग चितवन हारेपछि तेस्रो स्थानमा रहेको विराटनगर किंग्स पनि लिगको एक खेल अगावै बिहीबार प्लेअफ पुगेको छ । विराटनगरले ६ खेलबाट ८ अंक जोडेर तेस्रो स्थानमा छ । अब विराटनगरलाई लुम्बिनी बाहेक कुनै पनि टिमले भेट्न नसक्ने भएपछि विराटनगरलाई फाइदा पुगेको हो ।
यस्तै बिहीबार पोखरा एभेन्जर्स र चितवन राइनोजको हारपछि लुम्बिनी लायन्सलाई फाइदा पुगेको छ । लुम्बिनीले शुक्रबार जनकपुरलाई पराजित गरेमा प्लेअफ पुग्नेछ ।

सुदूरपश्चिमले दिएको १७० रनको लक्ष्य पछ्याएको चितवनले १७।१ ओभरमा सबै विकेट गुमाएर १२० रनमा अलआउट भयो ।

चितवनका लागि रवि बोपाराले सर्वाधिक २९ रन बनाउँदा देव खनालले २८, ओपनर अर्जुन साउदले १६ र कप्तान कुशल मल्लले १५ रन बनाए ।

चितवनलाई अलआउट गर्न सुदूरपश्चिमका लागि पुनित मेहराले २।१ ओभरमा १४ रन खर्चेर ३ विकेट लिए ।

दीपेन्द्र सिंह ऐरी, हिक्मत महरा, अविनाश बोहरा र इशान पाण्डेले १(१ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा बिहीबारको डे(नाइट म्याचमा टस हारेर पहिले ब्याटिङ गरेको साविक उपविजेता सुदूरपश्चिमले क्रिस लिनको अर्धशतकमा २० ओभरमा ४ विकेट गुमाएर १६९ रन बनाएको थियो ।

नियमित ओपनर जोश ब्राउनलाई आराम दिएपछि विनोद भण्डारीसँग ओपनिङ गरेका लिनले सर्वाधिक ७५ रन बनाए । उनले ५६ बल खेल्दै ५ चौका र ३ छक्का प्रहार गरे ।

लिन १७औं ओभरपछि रिटायर भएका थिए ।

लिनले पहिलो विकेटका लागि विनोद भण्डारीसँग ४६ रनको साझेदारी गरेका थिए । यस्तै पाँचौ विकेटका लागि आरिफ शेखसँग ४५ रनको साझेदारी गरे ।

आरिफ शेखले र कप्तान दीपेन्द्रले अविजित रहँदै समान २४ रन बनाए ।

लिन रिटायर अर्ट भएपछि १८औं ओभरको सुरुमा क्रिजमा गएका सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले आक्रमक ब्याटिङ गर्दै १४ बल खेल्दै २ छक्का प्रहार गरे । आरिफले १६ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरे । विनोद भण्डारीले २१ र पुनित मेहराले १३ रन जोडे ।

बलिङमा चितवनका सैफ जैबले २ तथा रन्जित कुमार र जर्ज स्मृक्शले १(१ विकेट लिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी