एनपिएलः भीम सार्की बने छिटो अर्धशतक बनाउने नेपाली खेलाडी

एनपिएलः भीम सार्की बने छिटो अर्धशतक बनाउने नेपाली खेलाडी

  • बिहिबार, मंसिर १८, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.5K
    SHARES

काठमाडौा, १८ मङ्सिर : काठमाडौँ गोर्खाजका भीम सार्की दोस्रो संस्करणको नेपाल प्रिमियर लिगमा छिटो अर्धशतक बनाउने नेपाली खेलाडी बनेका छन् । भीमले आज पोखरा एभेन्जर्स विरूद्ध १९ बलमा ५ चौका र ४ छक्कासहित अर्धशतक पूरा गरे ।

एनपिएलमा यसअघि यति छिटो कुनै पनि नेपाली ब्याटरले अर्धशतक प्रहार गर्न सकेका थिएनन् । जारी सिजनमा सुदूरपश्चिम रोयल्समा आबद्ध विदेशी खेलाडी हर्मित सिंहले काठमाडौँ विरूद्ध १९ बलमा अर्धशतक जोडेका थिए ।

हर्मितको उक्त रेकर्ड आज भीमले बराबरीसमेत गरे । यसअघि गत सिजनमा भने जनकपुर बोल्ट्सका जिमी निशमले १८ बलमै अर्धशतक जोडेको रेकर्ड छ । आजको भीमको अर्धशतकसँगै यो संस्करणमा अर्धशतकको सङ्ख्या २९ पुगेको छ । २९ अर्धशतक हिर्काउनेमा २५ खेलाडी सामेल छन् । यसअघि जारी सिजनमा चितवन राइनोजका रवी बोपराले तीन, पोखरा एभेन्जर्सका कुशल भुर्तेल र कर्णाली याक्सका प्रियान्क पञ्चालले दुई/दुई अर्धशतक हिर्काएका छन् ।

सुदूरपश्चिम रोयल्सका विनोद भण्डारी, जोश ब्राउन, हरमित सिंह, ईशान पाण्डे, विराटनगर किंग्सका लोकेश बम, मार्टिन गुप्टिल, बसिर अहमद, पोखराका सुमित बर्माले, जिमी निशम, एडम रोसिङटन, चितवनका डेविड मलान र अर्जुन साउद, काठमाडौं गोर्खाजका जोन सिम्प्सन, बेन चाल्र्सवर्थ, कर्णालीका मार्क वाट, लुम्बिनीका डार्सी सर्ट, जनकपुर बोल्ट्सका वायन पार्नेल, सञ्जय कृष्णमूर्ति, माज सदाकत, अनिल शाह र आशिफ शेखले एक÷एक अर्धशतक हिर्काएका छन् ।

कर्णालीका मार्क वाट र पोखराका एडम रोसिङटनले मात्रै जारी प्रतियोगितामा शतक प्रहार गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी