कुलमान नेपथ्य रहेका उनेपाले भन्याे- ‘उज्यालाे नेपाल, उज्यालाे भविष्य’

कुलमान नेपथ्य रहेका उनेपाले भन्याे- ‘उज्यालाे नेपाल, उज्यालाे भविष्य’

  • बुधबार, मंसिर १७, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

१७ मंसिर काठमाडाैं । देशमा लाेड सेडिङ अन्त्यकाे श्रेय पाएका सरकारका मन्त्री समेत रहेका कुलमान घिसिङ आवद्ध नयाँ राजनीतिक दल उज्यालाे नेपाल पार्टी (उनेपा)ले काठमाडाैंमा आज घाेषणा सभा गरेकाे छ । सभामा कुलमान समेतका उपस्थितिमा पार्टीकाे घाेषणा पत्र सार्वजनिक गरेकाे छ ।

लामाे पृष्ठमा तयार पारिएकाे पत्रमा ‘उज्यालाे नेपाल उज्यालाे भविष्य, नयाँ पुस्ता नयाँ नेपाल’ लगायत नारा समेटिएकाे छ ।
पार्टीमा केही मान्छे पार्टी छाडेर बसेका, केही कलाकार तथा रंगकर्मी, अधिकारकर्मी, अभियन्ता, पूर्व प्रशासक, युवाहरू लगायत आवद्ध देखिन्छन् । कलाकार रिमा विश्वकर्मा, रास्वपा तयागेर बसेकी सुमना श्रेष्ठ पनि घाेषणा सभामा सहभागी छन् ।

पार्टी गठनकाे याेजना बनाउँदा मात्र नभई दर्ता गर्ने बेला पनि पर्दा पछाडि (नेपथ्य) बसेका कुलमान मंगल घाेषणा सभाका प्रमुख अतिथि बने । उनले जेन जी विद्राेहले ल्याएकाे परिवर्तनलाई परिणाममा बदल्नु जरूरी रहेकाे बताए ।

पार्टी नाम र चुनाव चिन्हामा असहमत रहेकी सुमना पनि मञ्चमा देखिइन् । उनले पार्टीकाे नाम समता राख्नु पर्नेमा जाेड दिएकी थिइन् । अन्तत: उनकाे राेजाइका नाम कायम नहुँदा केही समय निष्क्रिय थिइन् । तर आज उनले आफू एकतामा आएकाे बताइन् ।

छुट्टै दल दर्ता गराएकी जेन जी अगुवा किशाेरी कार्की पनि मञ्चमा देखिइन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ