मधेशका मुख्यमन्त्री यादवले आज विस्वासको मत लिँदै

मधेशका मुख्यमन्त्री यादवले आज विस्वासको मत लिँदै

  • बुधबार, मंसिर १७, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

जनकपुरधाम । मधेशका मुख्यमन्त्री सरोज कुमार यादवले बुधबार विश्वासको मत लिने भएका छन्। संविधानको धारा १६८ को उपधार (३) बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका यादवलाई सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएपछि बुधबार विश्वासको मत लिन लागेका हुन्।

मुख्यमन्त्री यादवले बुधबार दिउँसो ३ बजे अदालतले भने अनुसारको २४ घण्टाभित्र विश्वासको मत लिने भएका हुन्।

मुख्यमन्त्री यादवले भने, ‘मलाई अदालतको पत्र आधिकारिक रूपमा हालसम्म प्राप्त भएको छैन। तर, मैले प्रदेश प्रमुखको कार्यालयबाट स्वयं फोन गरेर अदालतको आदेशको प्रतिलिपि मगाएको छु। सोही अनुसार मैले प्रदेशसभालाई दिउँसो ३ बजे विश्वासको मतको लागि समय मागेको छु। उपसभामुखज्यु, अहिले काठमाडौंमा हुनुहुन्छ, उहाँ आएपछि बाँकी कहिले बैठक बोलाउनेरु कुन समयमा बैठक डाक्ने र कहिले विश्वासको मतका लागि वातावरण बनाउनुहुन्छ, त्यो उहाँको विषय हो।’

बर्दिवासको होटलमा शपथ लिएको विवाद पछि प्रदेश प्रमुखलाई यस अघि सरकारले बर्खास्त गरीसकेको छ ।

एमालेको सभामुख पनि निलम्बनमा परीसकेका छन् भने आज विस्वासको मत नपाए मुख्यमन्त्री यादव पनि स्वत पदमुक्त हुनेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ