मध्यान्तरसम्म विस्फाेटक ब्याटिङमा जमेकाे कर्णाली याक्स यसरी पुग्याे पराजयकाे मैदानमा

मध्यान्तरसम्म विस्फाेटक ब्याटिङमा जमेकाे कर्णाली याक्स यसरी पुग्याे पराजयकाे मैदानमा

  • मङ्लबार, मंसिर १६, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

१६ मंसिर काठमाडाैं । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा जारी एनपीएल दाेस्राे संस्करणअन्तर्गत आज दाेस्राे खेलमा खेलकाे मध्यान्तरपछि ब्याटर फितलाे बनेपछि कर्णाली याक्सले पाेखरा एभेन्जर्सविरूद्ध ठाेस परिणाम हासिल गर्न सकेन । हार्न पुगेकाे छ ।

पाेखराले दिएकाे २०२ रनकाे लक्ष्य भेट्टाउने रणानीतिसाथ जवाफी ब्याटिङमा उत्रिएकाे कर्णाली याक्स प्रारम्भमा आशातित ब्याटिङ जमाउन सफल देखिए पनि निर्धारित २० ओभरकाे आधा पारपछि भने कमजाेर हुँदै अन्तत: विपक्षीमाथि जित जमाउन चुक्न पुग्याे । उसले ११ ओभर नसकिँदै १०१ रन जाेडिसकेकाे थियाे । त्यसपश्चातका ब्याटर फितलाे बन्नाले हारकाे मैदानमा धकेलिन विवश भयाे ।

जम्मा २ विकेट मात्र गुमाएर २०१ रन जाेडेर पाेखराले दिएकाे चुनाैतिलाई कर्णाली १९ ओभरमा १६७ रन मात्र जाेड्दै १० विकेट गुमाएर अल आउट भयाे । परिणामत: कर्णाली ३५ रनले हार व्यहाेर्न पुग्याे । हारसँँगै कर्णाली संस्करणबाट बाहिरिन पुगेकाे छ ।आजै भएकाे पहिलाे खेलमा चितवन राइनाेजलाई हराएर जनकपुर बाेल्ट्स विजयी भएकाे थियाे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी