१६ मंसिर, काठमाडाै । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा जारी एनपीएल दाेस्राे संस्करणअन्तर्गत आजकाे पहिलाे खेल अवधिमा क्रिकेट बल लागेर एक युवती गम्भीर घाइते भएकी छन् । घाइते भएकी युवती प्यारापिटतर्फ कुर्सी रेखदेख कर्ता रहेकी बताएका छन् ।
आजकाे पहिलाे खेलका प्रतिस्पर्धीमध्ये चितवन राइनाेजका कप्तान कुशल मल्लले हानेकाे छक्का प्रहार बलले युवती २४ वर्षीया शर्मिला विश्वकर्मालाई लागेकाे थियाे । उडेर गएकाे बल उनकाे नाकमा बज्रिँदा गताम्मे भएर ठाउँका ठाउँ ढलेकी थिइन् ।
उनलाई उद्धार गरेर नजिकै बल्खुकाे बयाेधा अस्पतालमा पुर्याइएकाे छ । चाेट गहिराे रहेकाे र उपचार भइरहेकाे जनाइएकाे छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline