१५ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका बुवा रामनारायण शाहको निधन भएको छ । नयाँबानेश्वरसथित सिभिल सर्भिस अस्पतालमा सोमबार मध्यान्ह निधन भएको हो ।
स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि आइतबार बिहान अस्पताल भर्ना भएकामा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । तर पिसाबमा भएकाे संक्रमण मष्तिस्कसम्म फैलिएपछि उपचार असफल हुन पुगेकाे चिकित्सकहरूले बताएका छन् ।
साेमबार बिहान प्रधानमन्त्री सुशिला कार्की अस्पताल पुगेर रामनारायणकाे स्वास्थ्य अवस्था बुझेकी थिइन् ।
आयुर्वेदिक चिकित्सक समेत रहेका स्व. रामनारायणका श्रीमती, २ छाेरा र १ छाेरी छन् । उनकाे आजै दाहसंस्कार गरिने भएकाे छ । मेयर बालेन अस्पतालमै छन् । श्रद्धाञ्जली दिन युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता, महानगरपालिकाकी उपमेयर सुनिता डंगाेल अस्पताल पुगेका छन् । जेन जीका केही घाइते र अगुवा पनि अस्अपताल पुकगेका छन् । अहिले अस्पताल क्षेत्रमा सुरक्षा व्यवस्था बढाइएकाे छ ।





