एमालेको महाधिवेशनको लोगो आज सार्वजनिक हुने

एमालेको महाधिवेशनको लोगो आज सार्वजनिक हुने

  • आइतवार, मंसिर १४, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

काठमाडौं । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको लोगो आज सार्वजनिक हुने भएको छ। ललितपुरस्थित पार्टी हेडक्वाटरबाट आज दिउँसो अध्यक्ष केपी शर्मा ओलीले लोगो अनावरण गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ।

मंसिर २७ गतेदेखि २९ गतेमा काठमाडौं उपत्यकामा हुने पार्टीको महाधिवेशनका लागि एमालेले शनिबार प्रतिनिधिहरू छनोट गरेको छ। अधिकांश स्थानमा सर्वसम्मत र केही क्षेत्रमा भने निर्वाचनमार्फत प्रतिनिधि छनोट भएका हुन्।

एमालेका संगठित सदस्य ६ लाख ६७ हजार ६३० रहेका छन्। एमालेले पार्टी सदस्यको संख्याअनुसार ‘क्लस्टर’ छुट्याएर प्रतिनिधि चयनको मापदण्ड बनाइएको छ। महाधिवेशनमा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो क्लस्टर भनेको भूगोल हो। भुगोललाई एमालेले संघीय निर्वाचन क्षेत्रका आधारमा विभाजन गरेको छ।

एमालेले पठाएको अपानिमा केन्द्रीय कमिटी, तीनवटा आयोग र केन्द्रीय सल्लाहकार परिषद्‌बाट निर्वाचितसहितका प्रतिनिधि रहनेछन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ