नेपाली कम्युनिस्ट पार्टीले आज गण्डकीमा एकता सन्देश सभा गर्दैछ। गण्डकी प्रदेशस्तरीय सन्देश सभा पोखराको चिप्ले ढुंगामा हुने सो पार्टीले जनाएको छ । सो सभाका लागि प्रदेशभरीका नेता कार्यकर्ता र समर्थकहरु जम्मा हुँदैछन् ।
सभालाई पार्टीका संयोजक प्रचण्ड, उपसंयोजक माधव कुमार नेपाल सहितका नेताहरुले संवोधन गर्नेछन् ।
कात्तिक १९ गते विभिन्न वाम घटकहरूबीच एकता भई नेपाली कम्युनिस्ट पार्टी गठन भएको थियो।
त्यसपछि प्रदेश स्तरमा सन्देश सभा शुरु भएको हो । पहिलो सभा धनगढीमा भएको थियो भने त्यसपछि लुम्विनीको दाङ देउखुरीमा हिजो सभा सम्पन्न भएको थियो ।
भोलि १५ गते कोशी, मंसिर १६ गते उपत्यका विशेष प्रदेश, १८ गते कर्णाली, २० गते मेधस, २१ गते प्रवास,२२ गते संघीय सम्पर्क समन्वय प्रदेश र २३ गते बागमती प्रदेशमा सन्देश सभा हुनेछ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline