सुदुर पश्चिममा नेकपालाई एक नम्बर पार्टी बनाउने गरी लागि पर्न माधव नेपालको कार्यकर्तालाई निर्देशन

सुदुर पश्चिममा नेकपालाई एक नम्बर पार्टी बनाउने गरी लागि पर्न माधव नेपालको कार्यकर्तालाई निर्देशन

  • शुक्रबार, मंसिर १२, २०८२
  • मिर्मिरे अनलाइन

  • 1.3K
    SHARES

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधव कुमार नेपालले आगामी निर्वाचनमा पार्टीलाई सुदूरपश्चिममा एक नम्बरको बनाउने गरी लागि पर्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

शुक्रबार धनगढीमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै नेपालले भने, ुआगामी निर्वाचनमा सुदूरपश्चिममा नेपाली कम्युनिस्ट पार्टीलाई पहिलो नम्बरमा बनाउनुपर्छ । गाउँ गाउँमा गएर काम गर्नोस् । जिम्मेवारी पूरा गर्नोस् । पद मात्र ओगट्ने होइन, काम गरेर जनताको मन जित्नुपर्छ । कम्युनिस्ट पार्टीभित्र देखिएका दलालीकरण, अपराधीकरण, भ्रष्टीकरणको प्रवृत्ति विरुद्धको अगुवाइ नेपाली कम्युनिस्ट पार्टीले गर्नेछ’, ।

जेनजी विद्रोहको बेला संयोजक प्रचण्ड र आफू मात्र राष्ट्रपति निवासमा रातभरी बसेर काम गरेको उनले जिकिर गरे । अन्तरिम सरकारका प्रधानमन्त्रीलाई निर्वाचन गर्ने प्रयोजनका लागि अगाडि बढ्नोस् भनेर आफूहरूले नै आग्रह गरेको भन्दै नेपालले सबै नेतालाई उस्तैउस्तै हुन नभन्न आग्रह गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ