चितवन राईनोज बिरुद्ध काठमाण्डौँको फराकीलो जीत

चितवन राईनोज बिरुद्ध काठमाण्डौँको फराकीलो जीत

  • शुक्रबार, मंसिर १२, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.1K
    SHARES

काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल०को दोस्रो संस्करण अन्तर्गत १५ औँ खेलमा चितवन राइनोजलाई ५३ रनले पराजित गर्दै काठमान्डु गोर्खाजले प्रतियोगितामा तेस्रो जित दर्ता गरेको छ। चितवनको भने यो दोस्रो हार हो।

त्रिवि क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको काठमान्डुले १९।४ ओभरमा १४२ रन बनाएको थियो। काठमान्डुले दिएको १४३ रनको विजयी लक्ष्य पछ्याएको चितवन १७।१ ओभरमा ८९ रन बनाउँदै अलआउट भयो।

चितवनका लागि अघिल्लो ३ खेलमा अर्धशतकीय पारी खेलेका रवि बोपारा पनि यो खेलमा २१ रनमा पेभेलियन फर्किए। रबि र देव खनालले समान २१र२१ रनको पारी खेले। सोहिल तान्भिरले १८ रन बनाए। अन्य कुनैपनि ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन्।

काठमान्डुका लागि रासिद खानले सर्वाधिक ३ विकेट लिए। करण केसी, मिलिन्द कुमार र साहब आलमले २–२ विकेट लिए। सन्तोष यादवले १ विकेट लिए।

त्यसअघि ब्याटिङ गरेको काठमान्डुका लागि जोन सिम्पनसनले सर्वाधिक ६० रन बनाए। उनले २९ बलमा ३ चौका र ५ छक्का सहित ६० रनको अर्धशतकीय पारी खेले ।

काठमान्डुले पहिलो विकेटको रूपमा ओपनर आकाश त्रिपाठीलाई रन आउटको रूपमा गुमायो। उनले ५ बलमा १ चौकासहित ४ रन बनाउँदै १।६ ओभरमा अर्जुन साउदको हातबाट डाइरेक्ट हिटमार्फत रनआउट भए।

दोस्रो विकेट वान डाउन आएका रसिद खानको विकेट गयो। उनी रञ्जित कुमारको बलमा रबि बोपाराको हातमा क्याच भए। उनले ६ रन मात्रै बनाए।

तेस्रो विकेट अर्का ओपनर बेन चार्लेसवर्थको गयो। उनले १४ बलमा २ चौकासहित १३ रन बनाए। उनलाई सोहिल तान्भिरले रबि बोपाराको हातमा क्याच गराए।
काठमान्डुले पावरप्लेमा ३ विकेट गुमाउँदै ३९ रन बनाएको थियो।

चौथो विकेटका लागि जोन सिम्पसन र मिलिन्द कुमारले ९८ रनको साझेदारी गर्दै टिमको स्कोर उकासे। चौथो विकेटको रूपमा मिलिन्द कुमारको विकेट गयो। मिलिन्दले ४३ बलमा ५ चौकासहित ३८ रन बनाए। उनले २६ रन बनाउँदा क्याच मिसको रूपमा जीवनदान पाएका थिए।

पाँचौं विकेटको रूपमा जोन सिम्पसनको विकेट गयो। १२२ मा ४ विकेट गुमाएको काठमान्डुले १३३ रन बनाउँदा ९ विकेट गयो। अन्तिम विकेटको रूपमा दिपेश कँडेल ५ बलमा ६ रन बनाउँदै क्याच आउट भए।

छैटौं विकेटको रूपमा जेहरार्ड इरास्मस, मोहम्मद आदिल आलम र सन्तोष यादवको विकेट एकै ओभरमा गयो।

चितवनका लागि सोहिल तान्भिरले सर्वाधिक ४ विकेट लिए । उनले ४ ओभरमा २५ रन मात्रै खर्चिए। रञ्जित कुमार र कमल सिंह ऐरीले २–२ विकेट लिँदा रबि बोपाराले १ विकेट लिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी