नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेकपा एमालेका अध्यक्ष केपी ओलीमाथि कटाक्ष गरेका छन्। पार्टीको सुदूरपश्चिमस्तरीय सभालाई धनगढीमा सम्बोधन गर्दै आगामी निर्वाचनमा जनता धम्क्याउने केपी ओलीहरूबाट सचेत हुनुपर्ने बताएका हुन्।
उनले आफ्नो पार्टी चुनावको लागि तयार रहेको तर सरकारले वातावरण भने तयार पार्नुपर्ने बताए। रावलले जेनजी आन्दोलनको समयमा सुरक्षा परिषद् बैठकसमेत बोलाउन नसकेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली हेलिकप्टर चढेर भागेको आरोप लगाए।
उनले भने ुसुरक्षा परिषद्को बैठकसमेत डाक्न नसकेर बालुवाटारबाट हेलिकप्टरबाट भाग्ने केपी ओलीजी जस्ता भक्तपुरको कुनामा बसेर जनतालाई धमक्याउने थर्काउनेलाई रोक्न तपाईंहरू सचेत हुनुस्। तपाईंहरूलाई नेतृत्व दिन नेपाली कम्युनिस्ट पार्टी तयार छ।
सरकारले अहिले बाहिर भएका गोलीगठ्ठा तत्काल नियन्त्रणमा लिनुपर्ने पनि रावलको भनाइ छ।
ु