११ मंसिर, काठमाडाैं । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारी राष्ट्रिय प्रिमियर (एनपीएल)काे दाेस्राे संस्करणअन्तर्गत आजकाे दाेस्राे खेलका प्रतिस्पर्धी जनकपुर बाेल्ट्स हारेकाे छ । उसलाई पाेखरा एभेन्जर्ससँग २६ रन अन्तरले हारेकाे हाे ।
जनकपुर बाेल्ट्सलाई पाेखराले १५६ रनकाे लक्ष्य दिएकाे थियाे । तर उसले पुरै ओभर खेल्दा ९ विकेट गुमाएर १३० रन मात्र जाेड्न सक्याे । जनकपुरका लागि विदेशी खेलाडी वायरने पार्नेलले ५० रन जाेडे पनि अन्य खेलाडी नचम्किँदा हारकाे मैदानमा पुग्याे ।
पाेखराकाे भने याे नै पहिलाे जित हाे । जनकपुरकाे याे दाेस्राे हार हाे । जनकपुर ब्याटिङ लय कमजाेर बन्दा हार व्यहाेरेकाे टिप्पणी भएकाे छ ।
आजै भएकाे पहिलाे खेलमा सुदूरपश्चिम राेयल्सले लुम्बिनी यलायन्सलाई ७ विकेटले हराएकाे थियाे ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline