११ मंसिर, काठमाडौं । उच्च अदालत पाटनले माग गरेकाे २० लाख रूपैयाँ धराैटी रकम बुझाएर पूर्वसभामुख कृष्णबहादुर महरा जेलमुक्त भएका छन् ।
आफूलाई काठमाडाैं जिल्ला अदालतले बिना कारण जेल हालेकाे भन्दै रिहाईका लागि दायर गराइएकाे रिट निवेदनमाथि आज सुनुवाई गर्दै उच्च अदाल पाटनले धराैटीमा जेलमुक्त गर्न आदेश दिएकाे थियाे । साेही मुताविक धराैटी बुझाएर उनी केहिबेर अघि जेलबाट छुटेका छन् ।
विद्युतीय चुराेट (भेप)मार्फत भएकाे सुन तस्करीमा संलग्न रहेकाे आराेपमा मुद्दा चल्दा जिल्ला अदालत काठमाडाैंले महरालाई पुर्पक्षका लागि सेन्जेटर जेल पठाएकाे थियाे । त्यसविरूद्ध रिट निवेदन लिएर महरा उच्च अदालत पुगेका थिए ।
उक्त रिटमाथि न्यायाधीशहरू अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले जेल मुक्त गर्न आदेश भएकाे हाे ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline