अग्रता जोगाउन नसक्दा नेपाल ईन्डोनेशियासँग पराजित

अग्रता जोगाउन नसक्दा नेपाल ईन्डोनेशियासँग पराजित

  • बिहिबार, मंसिर ११, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.5K
    SHARES

काठमाडौं ‌। नेपाली महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इन्डोनेसियासँग पराजित भएको छ। बुधबार घरेलु टोली इन्डोनेसियासँग नेपाल २–१ ले पराजित भएको हो।

मगुवोहर्जो रङ्गशालामा नेपालले पहिलो हाफमा १ शून्यको अग्रता बनाएको थियो। पहिलो हाफको अग्रता जोगाउन नसक्दा नेपाल इन्डोनेसियासँग पराजित भएको हो। खेलको २०औं मिनेटमा आत्मघाति गोलमार्फत नेपालले अग्रता लिएको थियो।

खेलको ५८औं मिनेटमा इन्डोनेसियाकी कप्तान गी युमान्डाले गोल गर्दै इन्डोनेसियालाई एकएको बराबरीमा ल्याएकी हुन्। गोलकिपर अन्जना राणा मगरले पन्च गरेको बललाई रिबाउन्डमा कप्तानले गोल गरेकी हुन्।

६७औं मिनेटमा नेपालले दोस्रो गोल व्यहोर्‍यो। इन्डोनेसियाको लागि जर्सी नम्बर २७ कि औलियाले गोल गरेकी हुन्‌। नेपालले मैत्रीपूर्ण खेल अन्तर्गतको दोस्रो खेल डिसेम्बर २ मा चाइनिज ताइपेईसँग खेल्दैछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी