महिला फुटबल : नेपाल र इन्डोनेसियाबीच प्रतिस्पर्धा हुँदै

महिला फुटबल : नेपाल र इन्डोनेसियाबीच प्रतिस्पर्धा हुँदै

  • बुधबार, मंसिर १०, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.5K
    SHARES

योग्यकार्ता (इन्डोनेसिया), १० मङ्सिर : यहाँस्थित मागुवोहर्जो रङ्गशालामा आज नेपाली राष्ट्रिय महिला फुटबल टोली इन्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछ ।

स्थानीय समयअनुसार खेल साँझ ७ः३० बजे हुनेछ । नेपाल र इन्डोनेसियाबीचको यो दोस्रो खेल हो । यसअघि म्यान्माको मण्डलेमा भएको एएफसी ओलम्पिक छनोटको दोस्रो चरणको खेलमा भेट भएको थियो । जसमा समूह ‘ए’मा रहेको नेपालले इन्डोनेसियालाई २–१ ले हराएको थियो ।

नेपाली टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपानेले इन्डोनेसियाविरुद्धको खेलमा जित हासिल गर्ने उद्देश्यका साथ मैदानमा उत्रने बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली टोली शारीरिक र मानसिक दुवै रुपमा तयार छन् हामी जितका लागि खेल्नेछौँ ।”

नेपाली टोलीको कप्तान सावित्रा भण्डारी (साम्बा) यस त्रिदेशीय खेलमा उपस्थिति हुने छैनन् । ‘इन्जुरी’का कारण सावित्रा उपस्थित नभएपछि उनको स्थानमा आज रस्मीकुमारी घिसिङलाई खेलाउने प्रशिक्षक न्यौपानेले राससलाई जानकारी दिनुभयो ।

नेपाली टोलीका मुख्य प्रक्षिक्षक न्यौपानेको प्रशिक्षणमा गत महिना नेपाली महिला टोलीले भारतको सिलोङमा भएको त्रिदेशीय च्याम्पियनसिपमा सहभागिता जनाएको थियो । जसमा नेपाल इरानसँग पराजय भोग्दा भारतलाई भने हराउँदै जित हासिल गरेको थियो ।

त्यसैगरी, नेपाली टोलीको कप्तानीको भूमिका भने अञ्जिला तुम्बापो (सुब्बा)ले गर्नेहुनेछ । उहाँले आफ्नो टोली मानसिक रुपमा तयार रहेकाले जित हालिस गर्ने बताउनुभयो । आजदेखि सुरु भएको उक्त त्रिदेशीय खेलमा नेपाल, इन्डोनेसिया र चाइनिज ताइपेइ सहभागी छन् । प्रतियोगिता यही मङ्सिर १६ गतेसम्म सञ्चालन हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी