दुर्गा प्रसाईलाई रिहा गर्न सर्वोच्च अदालतको आदेश

दुर्गा प्रसाईलाई रिहा गर्न सर्वोच्च अदालतको आदेश

  • आइतवार, मंसिर ७, २०८२
  • मिर्मिरे अनलाइन

  • 1.1K
    SHARES

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई थुनामुक्त गर्न सर्वोच्चले आदेश दिएको छ । आइतबार डा‌। नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले प्रसाईँलाई थुनामुक्त गर्न आदेश दिएको हो ।

अभिव्यक्तिलाई लिएर मात्र प्रसाईँलाई पक्राउ गरिनु संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रता समेतको स्वेच्छाचारी उल्लङ्घन हुने अदालतको आदेशमा भनिएको छ ।

राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका प्रसाईं मंसिर २ गते मध्यरात भक्तपुरस्थित निवासबाटै पक्राउ परेका थिए ।

प्रसाईँले आज आन्दोलन गर्ने बताएका थिए । तर सरकार र प्रसाईँपक्षबिच शनिबार आन्दोलन फिर्ताको सहमति भएको थियो ।

त्यस लगत्तै प्रसाईलाई रिहा गर्ने अदालतले आदेश दिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ