महेश बस्नेत सवार गाडीमा रातो रङ फ्याँकियो, दुई जना पक्राउ

महेश बस्नेत सवार गाडीमा रातो रङ फ्याँकियो, दुई जना पक्राउ

दुहबीमा पनि प्रदर्शन

  • आइतवार, मंसिर ७, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.5K
    SHARES

७ मंसिर, काठमाडौं । मोरङको विराटनगरमा महेश बस्नेत सवार गाडीमा जेनजी युवाले रातो मसी छ्यापेका छन् । प्रहरी भ्यान पछिपछि गुडिरहेको महेश बस्नेत सवार कारमा युवाहरु सडक किनारबाट दगुर्दै गएर रातो मसी फ्याँकेका हुन् ।

महेश बस्नेत युवा संघको कोशी प्रदेशस्तरीय भेलामा सहभागी हुन सुनसरी जाने क्रममा एयरपोर्ट लाइनको सडकमा रातो मसी फ्याँकिएको हो ।

लगत्तै बस्नेत सवार गाडी रोकिएको थियो । प्रहरीले दुई जना युवकलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा विराटनगर २ का १९ वर्षीय अरजित कुँवर र विराटनगर १ का २५ वर्षीय संजोग गौतम रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय मोरङमा राखेको छ ।

प्रहरी भ्यानमा राखेर जिल्ला प्रहरी कार्यालयमा लगिरहँदा पनि जेनजी युवाहरुले महेश बस्नेतविरुद्ध नारा लगाएको भिडियोमा देखिन्छ । गौतमले महेश बस्नेत र एमालेमाथि सांकेतिक विरोध जनाउन रातो मसी फ्याँकेको बताए ।

महेश बस्नेतले पनि आफू सवार गाडीमा रातो मसी फ्याँकिएको स्वीकार गरेका छन् । ‘एयरपोर्टबाट निस्किँदा दुई जना केटाले बेलुनमा पानी र अबिर भरेर लुकेर हानेका थिए’, बस्नेतले भने, ‘पछि पुलिसले समायो । हामी चाहिँ हिँड्यौं ।’

कार्यक्रममा जान अवरोध पुर्‍याउन खोजिएको भन्दै बस्नेतले यसलाई ‘लोकतन्त्रमाथिको उपहास’ भनेका छन् ।

उता बस्नेत सहितका नेताहरुको बिरोधमा सुनसरीको दुहबीमा पनि प्रदर्शन गरेका छन् ।
महेश बस्नेत र एमाले नेता भानुभक्त ढकाल सवार भएको गाडी क्रस भइसकेपछि दुबहीमा स्थानीय युवाहरुले टायर बालेर प्रदर्शन गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरकिा डिएसपी चन्द्र खढ्काका अनुसार सडकमा बालिएको आगो प्रहरीले क्लियर गरिसकेको छ । ‘उहाँहरु क्रस भइसकेपछि टायर बालिएको थियो’, उनले भने, ‘ प्रहरीले क्लियर गरिसकेको छ ।’

विराटनगरविमानस्थल हुँदै सुनसरीको इटहरी जाने क्रममा विमानस्थल अगाडि दुई जनाको समूहले बस्नेत सवार गाडीमाथि रातो मसी प्रहार गरेको थियो ।

मसी प्रहार गर्ने विराटनगर १ का सन्जोग गौतम र विराटनगर २ का अर्पित कुँवरलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

विमानस्थलमा बस्नेत सवार गाडीमाथि रातो मसी फाल्ने गौतम नेपाल विद्यार्थी संघ मोरङको जिल्ला सदस्य हुन् । कुँवर पनि नेविसंघ निकट नै रहेको प्रहरी स्रोतले बताएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ