डा. बाबुराम भट्टराई संरक्षक रहेको नेपाल समाजवादी पार्टी, जनार्दन शर्माले बनाएको प्रगतीशील राष्ट्रिय अभियान र सन्तोष परियार समुहबीच आज पार्टी एकता हुँदैछ ।
राष्ट्रिय सभागृहमा एक कार्यक्रमका बीच पार्टी एकता घोषणा हुन लागेको हो ।
बाबुराम भट्टराई ७२ सालमा संविधान जारी भएपछि माओवादी छाडेर नयाँ शक्ति बनाएका थिए । विस्तारै कमजोर हुँदै गएपछि हालै नेतृत्वबाट त्याग गरेका थिए । हाल उनी पार्टीको संरक्षक मात्र रहेका छन् ।
यसै गरी जनार्दन नेतृत्वको प्रगतीशील राष्ट्रिय अभियान पनि माओवादी छाडेरै गएको समुह रहेको छ भने सन्तोष परियारले हालै रास्वपा छाडेका थिए ।
उनी रास्वपा सचिवालय सदस्य एवं सचेतक समेत रहेका थिए । यो तीनै समुह मिलेर प्रगतीशील लोकतान्त्रिक पार्टी गठन गर्न लागेका हुन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline