एमालेले आज काठमाण्डौँमा शक्ति प्रदर्शन गर्ने

एमालेले आज काठमाण्डौँमा शक्ति प्रदर्शन गर्ने

  • शनिबार, मंसिर ६, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

काठमाडौं । नेकपा एमालेले प्रतिगामी षडयन्त्रका विरुद्ध सुरु गरेको जनपरिचालन कार्यक्रम अन्तर्गत आज काठमाडौंमा ‘शक्ति प्रदर्शन’ गर्ने तयारी गरेको छ । बागमती प्रदेश कमिटीले आयोजना गरेको एमाले प्रदर्शनीमार्गमा आज ‘शान्तिपूर्ण जनप्रदर्शन तथा जनसभा’ आयोजना गरेको हो।

एमालेले प्रतिनिधिसभाको पुनर्स्थापनालाई मुख्य माग राखेर आजको जनसभा आयोजना गरेको हो।

एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार भदौ २३ र २४ गतेको विध्वंसपछि असंवैधानिक रुपमा प्रधानमन्त्री नियुक्ति र प्रतिनिधिसभाको विघटन गरिएको विरोधमा वडा, पालिका, जिल्ला तहबाट जनपरिचालन कार्यक्रम गरिसकेको जानकारी दिए। उनका अनुसार काठमाडौं उपत्यकामा भने आज प्रदर्शन गर्न लागेको हो।

गत असोज ३१ गते सम्पन्न भएको केन्द्रीय कमिटीको बैठकले गरेको जनपरिचालनको निर्णय अनुसार कात्तिक २२ गते देशैभरीका वडाहरुमा एमालेले वडा भेला गरेको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ