७ मंसिर, काठमाडाैं । गएकाे दुई दिन बाराकाे सिमरामा झैं दुई पक्षबीच भीडन्त हुन नदिन सरकारले शुक्रबार दिउँसाे माइतीघर मण्डला र बबरमहल क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएकाे छ ।
सुरक्षाका लागि नेपाल प्रहरी फ्रन्टमा र सशस्त्रलाई बाहिरी घेरामा तैनाथ गराइएकाे छ । कार्की बैंक्वेटबााहिर, थापाथली, पुरातात्विक अभिलेखालय, काठमाडाैं जिल्ला अदालत, कानूनी किताब समिति क्षेत्र, हनुमानथान, बिजुलीबजार लगायत स्थानमा खटाइएकाे छ ।

आज एकैदिन जेन जीले माइतीघर मण्डलामा एमाले नेतृत्वकाे तत्कालिन सरकारका हत्यारा तथा भ्रष्ट्राचारीलाई कारवाहीकाे मागसहित र एमालेले युवाहरूकाे ‘नेशनल भाेलियन्टर्स फाेर्स’ घाेषणा कार्यक्रम गरिरहेका छन् ।
यसअघि बुधबार र बिहिबार बाराकाे सिमरामा जेन जी र एमालेका युवाहरूबीच कार्यक्रम आयाेजनाकाे विषयलाई लिएर झडप भएकाे थियाे । झडपमा दुवै पक्षका केहि युवाहरू घाइते भएपछि थप घटना हुन नदिन स्थानीय प्रशासनले कर्फ्यू लगाएकाे थियाे । अहिले कर्फ्यू हटिसकेकाे छ