एमालेले संसद पुनस्थापनाको माग सहित पछिल्लो जेनजी आन्दोलनलाई प्रतिक्रान्तिको संज्ञा दिदै प्रतिकार गर्न केन्द्रीय भोलन्टियर्स फोर्सको केन्द्रीय कमाण्ड घोषणाका लागि मार्चपास गरेको छ ।
सो कार्यक्रमलाई एमाले अध्यक्ष केपी ओलीले संवोधन गर्ने कार्यक्रम रहेको छ ।
बबरमहलमा एमाले कार्यकर्ताहरुको मार्चपास चलिरहँदा उता माईती घरमा जेनजीका घाईतेहरु भेला भएर धर्ना दिईरहेका छन् ।
जेनजी र एमालेबीच पछिल्लो समय सीमरामा झडपको स्थिति आएको थियो । जसमा एमाले कार्यकर्ताले जेनजी युवाहरुमाथि कुटपिट गरेको आरोपमा विभिन्न व्यक्ति पक्राउ गरेका छन् ।
एमालेले भने पार्टीको कार्यक्रममा अवरोध गर्न खोजेकाले प्रतिकार गरिएको दाबी गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline