केपी ओलीविरुद्ध बोल्नेमाथि कार्वाहिः द्वारिकलाल चौधरीलाई निलम्बन, प्राडा बद्रीविशाल पोखरेललाई स्पष्टीकरण सोधियो

केपी ओलीविरुद्ध बोल्नेमाथि कार्वाहिः द्वारिकलाल चौधरीलाई निलम्बन, प्राडा बद्रीविशाल पोखरेललाई स्पष्टीकरण सोधियो

  • बिहिबार, मंसिर ४, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

४ मंसिर, विराटनगर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरिरहेका नेतालाई धमाधम कारबाही गर्न धालिएको छ ।

कोशी प्रदेश कमिटीले एमाले नेता तथा इटहरी उपमहानगरपालिका पूर्वप्रमुख द्वारिकलाल चौधरीलाई कारबाही गरेको हो । प्रदेश कमिटीले सामाजिक सञ्जालमा ओलीविरुद्ध लेखेका प्राडा बद्रीविशाल पोखरेललाई स्पष्टीकरण सोधेको छ ।

कोशी प्रदेश समितिको नवौं बैठकले प्रदेश कमिटी सदस्य चौधरीलाई ६ महिनाका लागि निलम्बन गरेको हो । २०७४ सालमा एमालेबाट इटहरीको मेयरमा निर्वाचित चौधरी २०७९ सालको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अघि माओवादी केन्द्र प्रवेश गरेका थिए ।

माओवादी केन्द्रबाट चौधरी सुनसरी निर्वाचन क्षेत्र २ ९१० बाट उम्मेदवार बनेका उनी चुनाव हारेपछि एमालेमा नै फर्किए । एमालेमा फर्किएपछि उनले अध्यक्ष केपी शर्मा ओलीकाविरुद्ध बोलिरहे । सचेत गराउँदा अटेर गरेपछि निलम्बन गरेको प्रदेश अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए ।

उनलाई कारबाहीका लागि जिल्ला कमिटीले सिफारिस गरेको थियो । पार्टी हित विपरीत कार्य गरेको भन्दै प्रदेश समिति सल्लाहकार झापाका मनोरथ तिवारी निलम्बनमा परेका छन् ।

सामाजिक सञ्जालमा अध्यक्षको आलोचना गर्दै आएका प्राध्यापक डाक्टर बद्रीविशाल पोखरेललाई स्पष्टीकरण सोध्ने निर्णय प्रदेश कमिटी बैठकले गरेको छ । काशीनाथ दंगाललाई पनि स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

पोखरेल कुनैसमय केपी शर्मा ओलीका प्रिय थिए । पछिल्लो समय भने उनले ओलीको आलोचना गर्थे । ‘सामाजिक सञ्जालमा पार्टी हित विपरीत लेखेका कारण स्पष्टीकरण सोधिएको हो’, अध्यक्ष खतिवडाले भने,‘ नगर कमिटीबाट सिफारिस भएपछि प्रदेशले निर्णय गरेको हो ।’

बैठकले धर्म छोरीका रुपमा पालेकी छोरीलाई जवरजस्ती करणी गरेको मुद्दा खेपिरहेका एमाले प्रदेश कमिटी सल्लाहकार तथा विर्तामोड नगरपालिकाका पूर्वप्रमुख ध्रुव सिवाकोटीलाई जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको छ ।
एमालेले जारी गरेको अपानी (अन्तर पार्टी निर्देशन)मा पार्टी हित विपरित कार्य गरेकाले कारबाही र स्पष्टीकरण गर्ने निर्णय भएको उल्लेख छ ।

प्रदेश कमिटीले महाधिवेशन प्रतिनिधि छनोट प्रकृयालाई सकेसम्म सर्वसम्मत गर्न पनि निर्देशन दिएको छ ।

सर्वसम्मत नभएको स्थानमा मतदान मार्फत महाधिवेशन प्रतिनिधि छनोट हुने खतिवडाले बताए । मंसिर २७–२९ का लागि तोकिएको एमाले महाधिवेशनका लागि १३ मंसिरमा प्रतिनिधि छनोट हुँदैछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ