एमाले सचिवालयको बैठक आज बस्ने

एमाले सचिवालयको बैठक आज बस्ने

  • बिहिबार, मंसिर ४, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.5K
    SHARES

काठमाडौँ । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ । दिउँसो १ बजे बैठक शुरु हुनेछ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्ने एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए । त्यसबाहेक सचिवालय बैठकमा मङ्सिर ६ गते काठमाडौँमा गर्ने प्रदर्शनका बारेमा समेत छलफल हुने छ ।

नेकपा एमालेले प्रतिनिधि सभा पुनर्स्थापनाका लागि सडक र अदालत दुवैबाट दबाब दिने बताउँदै आएको छ ।

एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन यही मङ्सिर २७, २८ र २९ गते काठमाडौँमा हुदैछ । महाधिवेशनका लागि एमालेले मङ्सिर १३ गते एकै दिन प्रतिनिधि छनोट गर्दै छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ