जुन दल निर्वाचनमा जाँदैन त्यसैले अराजकता रोजेको ठहरिनेछ : प्रधानमन्त्री कार्की

जुन दल निर्वाचनमा जाँदैन त्यसैले अराजकता रोजेको ठहरिनेछ : प्रधानमन्त्री कार्की

  • बुधबार, मंसिर ३, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.3K
    SHARES

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागी नहुने दलले अराजकता रोजेको ठहरिने बताएकी छन्।

आज प्रधानमन्त्री कार्यालयमा दलहरूसँगको संबादमा प्रधानमन्त्री कार्कीले निर्वाचन प्रक्रियामा सहभागी हुन दलहरूलाई आग्रह गरिन्।

म सबै दलहरूलाई विनम्र आग्रहका साथै दृढतापूर्वक भन्न चाहन्छु, ुमंसिर १० गतेभित्र अनिवार्य रूपमा निर्वाचन आयोगमा निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउनुहोस्। यो समयसीमा केवल एउटा प्रशासनिक प्रक्रिया होइन, यो राष्ट्रप्रतिको तपाईंहरूको न्यूनतम राजनीतिक प्रतिबद्धताको कसीमा जाँच हो। दल दर्ता नगर्ने वा निर्वाचन बहिष्कार गर्ने कुनै पनि दलले लोकतन्त्रको रक्षाभन्दा अराजकता रोजेको ठहरिनेछ, उनले भनिन्।

प्रधानमन्त्री कार्कीले अराजकता नियन्त्रणमा सरकारको ध्यान पुगेको र त्यसका लागि अतिरिक्त सुरक्षा सतर्कता अपनाइएको बताइन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ