अविस्वासको प्रस्ताव पारित भएपछि मधेशका सभामुख पदमु्क्त भए

अविस्वासको प्रस्ताव पारित भएपछि मधेशका सभामुख पदमु्क्त भए

  • बुधबार, मंसिर ३, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

मधेस प्रदेशमा सभामुख रामचन्द्र मण्डल विरूद्धको अविश्वास प्रस्ताव पारित भएको छ। बुधबार बसेको प्रदेश सभा बैठकले अविश्वासको प्रस्ताव पारित गरेको हो।

बैठकमा प्रदेश सभा सदस्य ७८ जना सदस्य उपस्थित थिए। जसमध्ये सभामुखले पद अनुकूल आचरण प्रस्तुत नगरेको भन्ने प्रस्तावको पक्षमा ७६ मत खसेको छ भने विपक्षमा शून्य मत खसेको उपसभामुख बबिता कुमारी राउत ईशरले जानकारी दिइन्।

सभामुखले पद अनुकूलको आचरण प्रस्तुत नगरेको भन्ने प्रस्तावको पक्षमा जम्मा ७६ मत परेको र उक्त संख्या तत्काल कायम रहेको प्रदेश सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमत अर्थात् ७२ भन्दा बढी भएकोले प्रदेश सभा कार्य सञ्चालन नियमावली २०७५ को नियम १८२ को उप नियम ४ बमोजिम पारित भएको छ।

उपसभामुख बबिताले नेपालको संविधानको धारा १८२ उपधारा ६ खण्ड ुगु र प्रदेश सभा कार्य सञ्चालन नियमावली २०७५ को नियम १८२ को उप नियम ४ बमोजिम सभामुख रामचन्द्र मण्डल स्वतस् पद मुक्त भएको घोषणा गरिन्। सात दलीय गठबन्धनका ६४ जना प्रदेश सांसदहरूले कात्तिक २७ गते प्रस्ताव दर्ता गराएका थिए। प्रदेश सभा बैठक मंसिर ४ गते बिहीबार १ बजे बस्नेगरि स्थगित भएको छ।

यसअघि प्रदेश सभा सदस्य कुँवर कान्त झाले प्रदेश सभा कार्य सञ्चालन नियमावली २०७५ को नियम १८२ को उप नियम १ बमोजिम सभामुखले पद अनुकूल आचरण पेस नगरेको प्रस्ताव संसदमा पेस गरेका थिए।

छलफलपछि पनि उनले प्रस्ताव फिर्ता नलिएपछि मत विभाजनको प्रक्रिया अघि बढाइएको थियो। बैठकमा नेकपा एमालेका तर्फबाट प्रदेश सभा सदस्य शारदा थापा मात्रै उपस्थित भएकी थिइन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ