३ मंसिर, काठमाडाैं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) दाेस्राे संस्करणअन्तर्गत आज तेस्राे दिनमा काठमाण्डू गाेर्खाज र सुदूरपश्चिम राेयल्सबीच खेल एक चरण सकिएकाे छ । राेयल्सले गाेर्खाजसामु १४८ रनकाे लक्ष्य प्रस्तुत गरेकाे छ । उसले खेलमा १० विकेट गुमाएकाे छ ।
खेल २० ओभरकाे रहेकाे हाे । अब केहिबेरपछि गाेर्खाजले राेयल्सविरूद्ध ब्याटिङ गर्नेछ । राेयल्सका लागि हर्मित सिंहले ५३ रन जाेडे । खेल त्रिवि खेल मैदान कीर्तिपुर क्रिकेट रंगशालामा भइरहेकाे छ ।
यसैबीच खेलमा खेलाडीहरूलाई स्पोन्सर गर्ने भनेर ह्वाट्सएप र इन्स्टाग्राममार्फत सम्पर्क गरी हारजितमा प्रभाव पार्ने गरी सट्ट्बाजी खेलाएकाे आराेपमा दुई जनालाई पक्राउ गरेको काठमाडाैं प्रहरीले जनाएकाे छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline