सिमरा विमानस्थलदेखि पथलैयासम्म कर्फ्यू लगाइयाे, कर्फ्यूबीच जेन जीकाे प्रदर्शन जारी

सिमरा विमानस्थलदेखि पथलैयासम्म कर्फ्यू लगाइयाे, कर्फ्यूबीच जेन जीकाे प्रदर्शन जारी

  • बुधबार, मंसिर ३, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.9K
    SHARES

३ मंसिर, काठमाडाैं । जिल्ला प्रशासन कार्यालयले  बाराकाे सिमरा विमानस्थलदेखि पथलैयासम्म कर्फ्यू लगाएकाे छ ।  आज परवानीपुरमा नेकपा (एमाले)का महासचिव शंकर पाेखरेल र नेता महेश बस्नेत कार्यक्रममा उपस्थित हुन विमानबाट आउने जानकारी पाएका जेनजी युवाहरूले विराेध प्रदर्शन गरेका कारण एमालेका कार्यकर्ताले पनि प्रदर्शन गरेका छन् । दुई पक्षकाे प्रदर्शनले अप्रिय घटना हुनसक्ने जनाउँदै स्थानीय प्रशासनले कर्फ्यू लगाएकाे हाे । कर्फ्यू सिमरास्थित विमानस्थल क्षेत्र र गण्डक नहरदेखि पथलैया सडक खण्डमा राजमार्गको दायाँ-बायाँ ५०० मिटरसम्म आज अपरान्ह साढे १२ बजेदेखि राति ८ बजेसम्म जिल्ला प्रशासन कार्यालयबाट कर्फ्यू लागू गरिएकाे  सिडिओ धर्मेन्द्रकुमार मिश्रले सूचना जारी गरेर जानकारी दिएका छन् । यसबाट सिमरा विमानस्थलमा उडान र अवतरण गर्ने यात्रुहरू मर्कामा परेका छन् । दलका नेता र जेन जीका युवाहरूबीच झडपकाे अवस्था देखा परेपछि संभावित घटना राेक्न कर्फयू लगाएकाे दाबी सिडिओकाे छ ।

आफूहरूकाे शान्तिपूर्ण विराेधमा एमालेका कार्यकर्ताले आक्रमण गरेपछि वातावरण बिग्रिएकाे जेन जीकाे भनाइ छ । भ्रष्टचारकाे विराेध र सामाजिक अन्यायकाे विराेध गर्दै आइरहेका आफूहरूलाई बस्नेतले आतंककारी भन्न नछाडेपछि विराेध गरेकाे उनीहरूले बताएका छन् ।

मुख्यत: एमालेका अध्यक्ष केपी शर्मा ओेली र बस्नेतले जेन जी पुस्ताका युवहरूकाे भदाै २ र २४ काे तत्कालिन भ्रष्टाचारी र दलालहरू पक्षधर सरकारकाे आराेप खेपिरहेकाे ओली नेतृत्वकाे सरकार पल्टाउने युवाहरूकाे विद्राेहलाई विध्वंसकारी र त्यसमा संलग्नलाई आतंककारी भन्न छाडेका छैनन् । त्यसयता जेन जी र एमालेका कार्यकर्ताबीच तिक्तता बढेकाे विश्लेषण राजनीतिक वृत्तमा।व्याप्त छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ