एमालेले बोलायो सचिवालयको बैठक, मुख्य एजेण्डा संसद पुनस्थापना र महाधिवेशन

एमालेले बोलायो सचिवालयको बैठक, मुख्य एजेण्डा संसद पुनस्थापना र महाधिवेशन

  • बुधबार, मंसिर ३, २०८२
  • मिर्मिरे अनलाइन

  • 1.7K
    SHARES

काठमाडौँ । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बिहीबार दिउँसो १ बजे बस्नेगरी अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएका हुन् ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्ने एमाले केन्द्रीय कार्यालयका सचिव डा। भीष्म अधिकारीले जानकारी दिए ।

नेकपा एमालेले प्रतिनिधि सभा पुनर्स्थापनाका लागि सडक र अदालत दुवैबाट दबाब दिने बताउँदै आएको छ । प्रतिनिधि सभा पुनर्स्थापनाका लागि आन्दोलन गर्ने घोषणा गरेको एमालेले फागुन २१ लाई तोकिएको प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले मङ्सिर १० गतेसम्म तोकेको समयमा दल दर्ता गर्छ गर्दैन भन्ने चासो रहेको छ ।

एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन यही मङ्सिर २७, २८ र २९ गते काठमाडौँमा हुदैछ । महाधिवेशनका लागि एमालेले मङ्सिर १३ गते एकै दिन प्रतिनिधि छनोट गर्दै छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ