रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

  • बुधबार, मंसिर ३, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.8K
    SHARES

३ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ । बनस्थलीस्थित केन्द्रीय कार्यालयमा आज दिउँसो २ बजे बैठक बोलाइएको हो ।

बैठकका लागि १० वटा कार्यसूचीहरू तय गरिएको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । उनका अनुसार बैठकमा सभापति रवि लामिछानेको मुद्दाको कानुनी अवस्थाको जानकारीसमेत गरी समसामयिक राजनीति, संवाद एवं सहकार्यका पहलबारे छलफल हुने छ ।

यस्तै केन्द्रीय समितिको विस्तारित बैठकको समीक्षा, विस्तारित बैठकमा प्रस्तुत प्रतिवेदन परिमार्जनसहित पारित गरेर वाचापत्र कार्यदल विस्तार गरिने कार्यसूची रहेको रास्वपाले जनाएको छ ।

रास्वपाले संविधान परिमार्जन कार्यदल संयोजक मनोनयन गरेर तत्काल काम सुरु गर्न निर्देशन दिने बैठकको कार्यसूची बनाएको छ ।

बैठकले आगामी निर्वाचनसम्म दैनिक मिडिया अध्ययन एवं विश्लेषण गरेर केन्द्रीय तहमा नियमित ब्रिफिङ गर्ने गरी मिडिया अध्ययन कार्यदल गठन गर्ने जनाएको छ ।

उक्त कार्यदलले आवश्यकताअनुसार घटनाबारे जानकारी संकलन गर्ने र केन्द्रीय समितिको बैठकमा ब्रिफिङ गर्ने बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ