जेनजी आन्दोलनलाई ओलीले दिए प्रतिक्रान्तिको संज्ञा, सरकार हाहुबाट बनेको दाबी

जेनजी आन्दोलनलाई ओलीले दिए प्रतिक्रान्तिको संज्ञा, सरकार हाहुबाट बनेको दाबी

  • मङ्लबार, मंसिर २, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनलाई प्रतिक्रान्तिको संज्ञा दिँदै अहिलेको सरकार आगजनी, तोडफोड र लुटपाटबाट बनेको आरोप लगाएका छन्।

च्यासलस्थित पार्टी कार्यालयमा मंगलबार पार्टीका निवर्तमान सांसदहरूको बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले जेनजी आन्दोलन र सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारविरूद्ध रोष प्रकट गरेका छन्।

भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको बलमा तत्कालीन प्रधानमन्त्री ओली पदच्यूत भएका थिए। त्यसबेला आन्दोलनकारीको आक्रमणबाट जोगिन ओली हेलिकप्टर चढेर भागेका थिए। उनै ओलीले जेनजी आन्दोलनप्रति तिखो टिप्पणी गरेका हुन्।

‘उनीहरू भन्छन् अहिलेको सरकार क्रान्तिबाट बन्यो, कहाँ भयो क्रान्तिरु नेपालमा त प्रतिक्रान्ति भएको छ,’ उनले भने, ‘सम्पदा जलाइएको छ। मान्छे यत्रोविघ्न मरेका छन्। यो बलिदान क्रान्तिका लागि भएन। यसले देशलाई पछाडि फर्कायो। लोकतन्त्र भत्कायो। संविधान मिच्यो। र, संविधानमा नभएको मात्र होइन, संविधानले हुन्न भनेको सरकार बन्यो।’

सरकार निर्माण र संसद् विघटन दुवै असंवैधानिक भएको दाबी गर्दै ओलीले अहिले बाघको छालामा स्यालको रजाइँ भइरहेको बताए।
उनले संसद पुनस्थापनाको विकल्प नभएको समेत बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ