एमालेको विघटित संसदीय दलको बैठकले संसद पुनस्थापना वा निर्वाचनमा जाने बिषयमा निष्कर्ष निकाल्ने

एमालेको विघटित संसदीय दलको बैठकले संसद पुनस्थापना वा निर्वाचनमा जाने बिषयमा निष्कर्ष निकाल्ने

  • मङ्लबार, मंसिर २, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

काठमाडौं । नेकपा एमालेको ‘विघटित’ संसदीय दलको बैठक सुरू भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक जारी छ। विघटित प्रतिनिधि सभाका एमाले मुख्य सचेतक महेश बर्तौलाका अनुसार मुलुकमा विकसित अहिलेको असामान्य र जटिल परिस्थितिको बारेमा छलफल हुनेछ।

लोकतान्त्रिक र संवैधानिक निकासका लागि पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा विघटित प्रतिनिधि सभाका सांसदहरुसँग एमालेले छलफल गर्न लागेको हो। बैठकमा अध्यक्ष ओलीले निर्देशनात्मक मन्तव्य दिने बर्तौलाले बताए। आजको बैठकमा प्रतिनिधि सभा विघटनबारे पार्टी आफैँ अदालतमा संवैधानिक परीक्षणका लागि जानेकी नजाने भन्ने बारे छलफल हुनेछ।

गत भदौ २७ गते प्रतिनिधि सभा विघटन भएको थियो। आगामी फागु्न २१ गते तोकिएको निर्वाचनका लागि निर्वाचन आयोगले मंसिर १ गतेदेखि मंसिर १० गतेसम्म प्रतिनिधि सभा सदस्यको निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय निर्धारण गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ