एनपिएल दोस्रो संस्करणबारे अन्तरराष्ट्रिय स्तरमा चर्चा

एनपिएल दोस्रो संस्करणबारे अन्तरराष्ट्रिय स्तरमा चर्चा

  • मङ्लबार, मंसिर २, २०८२
  • मिर्मिरे अनलाइन

  • 1.9K
    SHARES

काठमाडौँ, २ मङ्सिरः काठमाडौँको कीर्तिपुरमा सुरु भएको ‘नेपाल प्रिमियर लिग’ (एनपिएल) दोस्रो संस्करणबारे अन्तरराष्ट्रिय क्रिकेट समुदायमा पनि उल्लेखनीय चासो देखिएको छ ।

विश्वस्तरीय सञ्चारमाध्यम र विदेशी प्लेटफर्ममा एनपिएलमा नेपालको फ्रेन्चाइज क्रिकेटले अन्तरराष्ट्रियस्तरमा ध्यान तानेको हो । भारत र पाकिस्तानका क्रिकेट ‘फ्यान–पोर्टल’ र क्षेत्रीय वेबसाइटहरूले एनपिएललाई स्थान दिँदै चर्चा गरेका छन् । एनपिएलबारे भारतमा स्टार स्पोट्र्समार्फत प्रत्यक्ष प्रसारण भइरहेको छ । भारतकै ‘फनकोड डटकम’लगायतमा पनि एनपिएलको प्रत्यक्ष प्रसारण भइरहेको छ ।

संयुक्त अधिराज्य बेलायतस्थित ‘क्रिकेट वल्र्ड डटकम’ ले एनपिएल–२ का टिम, स्क्वाड र विदेशी खेलाडीबारे विस्तृत सामग्री प्रकाशन गरेको छ । फाफ डू प्लेसिस, जेसन रोय र इम्रान ताहिरजस्ता अन्तरराष्ट्रिय खेलाडीको सहभागितालाई यसले नेपालको फ्रेन्चाइज क्रिकेट स्तरवृद्धिका साथै एनपिएललाई दक्षिण एसियाली टी–२० संरचनामा उदाउँदै गरेको नयाँ अवसरका रूपमा चर्चा गरेको छ । बिबिसी नेपाली सेवाले सोमबारको ‘साँझपख’ मा उद्घाटनका दिनका खेलमा जनकपुर बोल्टस्लाई काठमाडौँ गोर्खाजले पराजित गरेको र क्रिकेटप्रेमीको आकर्षणबारे समाचार सम्प्रेषण गरेको थियो ।

बेलायतकै क्रिकेट प्लेटफर्म ‘विस्डेन डटकम’ले यसपटक एनपिएलको प्रसारण ढाँचामा आएको परिवर्तनलाई व्याख्या गरेको छ । यस प्रकारको स्थानले नेपाली क्रिकेट अब क्षेत्रीयस्तरमा प्रतिस्पर्धी बन्दै गएको सङ्केत मिलेको मान्न सकिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी