काठमाण्डौँ गुर्खाजको शानदार जीत, जनकपुर ५ विकेटले पराजित

काठमाण्डौँ गुर्खाजको शानदार जीत, जनकपुर ५ विकेटले पराजित

  • सोमवार, मंसिर १, २०८२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेटको उद्‌घाटन खेलमा काठमाडौं गुर्खाजले साविक विजेता जनकपुर बोल्ट्सलाई पराजित गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार साँझ सम्पन्न भएको खेलमा काठमाडौं गुर्खाजले साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गरेको हो। टस जितेर जवाफी ब्याटिङमा उत्रिएको काठमाडौंले जनकपुरले दिएको १ सय ३१ रनको लक्ष्य १८ ओभरमा ५ विकेट क्षतिमा पूरा परेको थियो। काठमाडौंले १ सय ३२ रन जोड्दै विजय यात्रा थालेको हो।

काठमाडौंको जितमा बेन चार्ल्सवर्थले सबै भन्दा बढी ४६ रन जोडेका थिए । उनले २३ बलमा ५ चौका र ३ छक्कासमेत प्रचार गरेका हुन्। ओपनरद्वय बेन र आकाश त्रिपाठीको ७० रनको बलियो साझेदारी सञ्जय कृष्णमूर्तिले तोडेका थिए । सञ्जयले पहिलो विकेटका रुपमा बेनलाई जोन सिम्पसन मार्फत क्याच आउट गराएका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी