मकवानपुरको मनहरीमा मोटरसाईकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।
मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ र भीमफेदी गाउँपालिका वडा नम्बर १ को सिमानास्थित बुङ्दल खोला पुलनजिक मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो।
घटनास्थलमै मृत्यु भएका दुवै जनाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मकवापुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुवास चन्द्र बोहोराका अनुसार दुर्घटना गएराति भएको हो।
बा.प्र.०३–००५ प ७९८० नम्बरको मोटरासाइकल बुङदल खेलामा खसेको छ।
आज बिहान स्थानीयले दुर्घटनामा परेको मोटरसाइकल देखेपछि प्रहरीलाई खबर गरेका थिए।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline