नेपाली कम्युनिष्ट पार्टी र जसपाबीच एकता वार्ता सकारात्मक

नेपाली कम्युनिष्ट पार्टी र जसपाबीच एकता वार्ता सकारात्मक

  • शनिबार, कार्तिक २९, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.5K
    SHARES

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)बिच एकता वार्ता भएको छ । यमे वार्ता सकारात्मक भएको र छलफललाई निर्रन्तरता दिने सहमति भएको छ ।

शनिबार पेरिसडाँडामा ती दुई पार्टीबिच एकता वार्ता भएको हो ।

वार्ता सकारात्मकतर्फ उन्मुख भएको नेकपाका नेता देव गुरुङले जानकारी दिए । उनले यो दुई पार्टी बिचको एकताका लागि प्रारम्भिक छलफल भएको समेत बताए । बैठकमा प्राविधिक, वैचारिक र सैद्धान्तिक विषयमा छलफल भएको उनले बताए ।

गुरुङले भने, ‘जसपासँगको एकता वार्ता सकारात्मकतर्फ उन्मुख छ । एकताका लागि यो प्रारम्भिक छलफल हो । प्राविधिक, वैचारिक र सैद्धान्तिक विषयमा आज छलफल भयो । छलफललाई निरन्तरता दिएर निष्कर्षमा पुग्ने सहमति भएको छ । अहिले केही निर्णय भएको छैन ।’
एकता वार्ता नेकपाका तर्फबाट देव गुरुङ र जसपाका तर्फबाट राजेन्द्र श्रेष्ठ लगायतका नेताहरु सहभागी भएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ