कांग्रेस संस्थापन पक्षको भेलाको निर्णय, निर्वाचनअगाडि कुनै महाधिवेशन नगर्ने अडान कायमै

कांग्रेस संस्थापन पक्षको भेलाको निर्णय, निर्वाचनअगाडि कुनै महाधिवेशन नगर्ने अडान कायमै

  • शनिबार, कार्तिक २९, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.5K
    SHARES

कार्तिक २९, काठमाडौँ । कांग्रेस संस्थापन पक्षले निर्वाचनअगाडि पार्टीको कुनै पनि प्रकारको महाधिवेशन नगर्ने अडान कायम राखेको छ ।

संस्थापन पक्षमा रहेका २५ केन्द्रीय सदस्यहरुले भने निर्वाचन अगाडिनै १५ औं महाधिवेशन तालिका ल्याउन शुक्रबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काको ध्यानाकर्षण गरेका थिए । शनिबार सात पूर्वपदाधिकारीले आयोजना गरेको संस्थपन पक्षीय भेलामा समेत उनीहरु उपस्थित थिएनन् ।

सहमहामन्त्री महेन्द्र यादवले निर्वाचनअगाडि कुनै महाधिवेशनको पक्षमा आफूहरु नरहेको र भेलाको मुख्य निचोड पनि त्यही रहेको बताए । केन्द्रीय कार्यसमितिको मंसिर १ गते बस्ने बैठकले पार्टीको महाधिवेशनको विषयमा नभएर निर्वाचनका कार्यक्रम र उम्मेदवार छनोटको प्रक्रिया अघि बढाउन कार्यवाहक सभापति खड्काको ध्यानाकर्षण गराउने निर्णय भएको उनको भनाइ छ ।

‘निर्वाचनअगाडि महाधिवेशन गर्दा त्यसले कांग्रेसले ठूलो क्षति गर्ने भएकाले अहिले निर्वाचनसम्बन्धी कार्यक्रम मात्रै केन्द्रीय कार्यसमितिले अघि बढाउनुपर्ने निष्कर्ष हाम्रो छ । त्यसका लागि उम्मेदवार छनोट गर्ने संसदीय बोर्ड गठन, क्षेत्रबाट उम्मेदवारको सूची सिफारिस गर्नेलगायतका निर्वाचन कार्यक्रम ल्याउनुपर्छ भन्ने कुराकानी भएको छ,’ उनले भने, ‘निर्वाचनमा जाने हो भने त्यसअघि कुनै पनि प्रकारको महाधिवेशन गराउन हुन्न ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ